धनगढी ५ तारानगरको एक घरमा चट्याङ पर्‍यो


धनगढी : धनगढीमा एक घरमा चट्याङ पर्दा क्षती भएको छ । मंगलबार धनगढी उपमहानगरपालिका ५ तारानगरका कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो । उनले घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको बताए ।

घरमा जडान भएको ईन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको उनले बताए । यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा०१–०२६च ५१०८ नं को कारमा र एउटा से६प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको उनले जानकारी दिएका छन । घटनामा मानविय क्षती नभएको बताइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0