गन्यापधुराको सकायलमा दूध संकलन केन्द्र संचालनमा


डडेल्धुरा :  जिल्लाको गन्यापधुरा – ३ सकायलमा दूध संकलन केन्द्र संचालनमा आएको छ । युएनडिपि, सिड्स नेपाल र गन्यापधुरा गाउँपालिकाकाे संयुक्त साझेदारिमा संचालित हरित उत्थनशिलता तथा समावेशि काेभिड प्रतिकार्य परियाेजना मार्फत गन्यापधुरा गाउँपालिका वडा नं ३ सकायलमा मष्टा कैलपाल दूध डेरी संचालनमा आएकाेे हो ।

यस क्षेत्रमा दुग्ध उत्पादनकाे राम्रो सम्भावना रहेकाे र विपन्न परिवारले पनि आफ्नै घरदैलाेमा उत्पादन हुने अलिकति दूध पनि बजार सम्म जाने र उनिहरुका लागि आम्दानिकाे बाटाे खुल्ने भएकाले युएनडिपि, सिड्स नेपाल र गन्यापधुरा गाउँपालिकाकाे संयुक्त साझेदारिमा डेरि संचालनमा ल्याएकाे वडा अध्यक्ष चक्र वहादुर देउवाले बताए ।
यस परियाेजनाबाटै साे क्षेत्रका २० जनालाई मुर्रा भैंसी पालनका लागि सहयाेग भएकाे र अन्य किसानहरु पनि पशु पालनमा आकर्षित भएकाले डेरि संचालनमा ल्याईएकाे हाे ।
आज एक समारोहका विच मष्टा कैलपाल डेरि संचालनमा ल्याईएकाे हाे । स्थानिय ५ जनाकाे समुहमा संचलनमा ल्याएको उक्त डेरिकाे गाउँपालिका अध्यक्ष इन्द्र वहादुर कार्किले उद्घाटन गरेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानु कुमारि सेटि देउवा, सिड्स नेपालका अध्यक्ष सारदा रावल, वडा अध्यक्ष चक्र वहादुर देउवा लगायतका स्थानिय व्यक्ती हरुकाे सहभागिता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0