सुदुरपश्चिममा स्ववियु निर्बाचन अपडेट : अनेरास्वबियु ६, अखिल क्रान्तिकारी ३, नेबिसंघ ३ क्याम्पसमा बिजयी


धनगढी  : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रारम्भिक परिणाम आउन थालेको छ ।

कम मतदाता रहेका क्याम्पसहरुमा निर्वाचन सम्पन्न भएलगत्तै नतिजा सार्वजनिक हुन थालेको हो ।

सुदुरपश्चिमका त्रिवि अन्त्रर्गत सामुदायिक तथा आंगिक क्याम्पस गरी ३६ वटामा निर्बाचन आज सम्पन्न भएको हो । सुदुरपश्चिममा अहिले सम्म नेकपा एमाले निकट अनेरास्वबियुले ६ वटा क्याम्पसमा जित निकालेको छ ।

त्यस्तै माओबादी निकट अखिल क्रान्तिकारीले ३ क्याम्पसमा जितेको छ ।

यस्तै कांग्रेस निकट नेपाल बिधार्थी संघले अहिले सम्म ३ क्याम्पसमा जितेको छ ।
अनेरास्वबियुले जितेका क्याम्पसहरु: 
१ – खप्तड आदर्श क्याम्पस डोटी
२ – श्रीकोट क्याम्पस बैतडी
३ – नवप्रभात सयुक्त क्याम्पस बैतडी
४ -कृष्ण स्नातक क्याम्पस लाली दार्चुला
५- थलरा बहुमुखी क्याम्पस बझाङ
६-रौलेश्वोर जनता आदर्श बहुमुखी कन्चनपुर

अखिल क्रान्तीकारीले जितेका क्याम्पसहरु :
१ -रामपुर बहुमुखी क्याम्पस कन्चनपुर
२ -मोहन्याल बहुमुखी क्याम्पस कैलाली
३-सेटिगाउ बहुमुखी क्याम्पस बैतडी

नेबिसंघले जितेका क्याम्पसहरु :
१ -खापरदेब क्याम्पस बझाङ
२- केदारज्याेतिपुञ्ज बहुमुखी क्याम्पस डाेटी
३-त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोट अछाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0