कैलालीकाे अत्तरियाबाट बझाङका २ बालबालिकाको उद्दार, आमा बेपत्ता


अत्तरिया ।    कैलालीको अत्तरियाबाट बझाङका २ बालबालिकाको उद्दार गरिएको छ। कैलालीको अत्तरियाबाट शनिवार २ बालबालिका बझाङको छान्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय दिपु गिरीको उद्दार गरिएको हो ।

अत्तरिया बसपार्क नजिकै एक होटलमा अलपत्र अवस्थामा भेटिएका ति बालबालिकाको उद्दार गरेर स्थानीय एलआर ओझाले इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएका थिए। उनले बालबालिका अलपत्र भेटिएको खबर पाएपछि उद्दार गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएको बताएका छन्। उद्दार गरिएका ति बालबालिकाले आफू आमासंगै आएको प्रहरी समक्ष बयान दिएका छन्।

उनीहरुले आमाको नाम सिता गिरी र बुवाको नाम राजेश गिरी बताएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बरालले बताए।उनका अनुसार अत्तरिया बसपार्क नजिकै रहेको राउला केदार होटलमा आमासंगै आएका बालबालिकालाई आमाले होटलमै छोडेर गएकी थिइन्। आमा संगै भारतबाट आएका ति बालबालिकालाई छोडेर आमा अरु पुरुष संग गएको हुन सक्ने प्रहरीले आसंका गरेको छ। उद्दार गरिएका बालबालिकालाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेव हाउसमा राखिएको छ। संगै आएकी आमा कहाँ गइन भन्ने बारेमा खुल्न नसकेको डिएसपी बरालले बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0