यार्ड नेपालले कैलालीका झण्डै ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै


अत्तरिया : कैलालीका जिल्लाका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिन लागेको छ । यार्ड नेपालले कैलाली जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिरहेको हो । यार्ड नेपालका अध्यक्ष वंशिराम चौधरीले विद्यार्थीहरुले आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने वातावरण नआओस् भन्नका लागी छात्रवृत्ति प्रदान गरिरहेको बताए । उनले ताईवानमा रहेको चुजी च्यारिटी फाउन्डेसनको आर्थिक सहयोगमा जिल्लाका तिन ओटा पालिकामा छात्रवृत्ति वितरणको कार्यक्रम चलिरहेको बताएका छन ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा छात्रवृत्तिको कार्यक्रम चलिरहेको छ । उनले हालसम्म करिब २ हजार ५ सय भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिसकिएको बताए । ‘नयाँ शैक्षिक सत्र आईरहेको छ, यो समयमा आर्थिक अभावकै कारण धेरै जसो बालबालिकाहरुले विद्यालय छाड्ने अवस्था आउने गर्दछ’ उनले भने ‘त्यसैले यो समयमा बालबालिकाहरुलाई शैक्षिक सामग्री खरिद गरि विद्यालय छाड्नुपर्ने अवस्था नआओस् भन्नाका लागी हामीले छात्रवृत्ति वितरण गरिरहेका छौ ।’

उनले कापी कलम तथा ड्रेसहरु किन्न नसक्दा विद्यालय छोडेर विदेशतिर जाने परिपाटीको अन्यका लागी कार्यक्रम फलदायी हुने विश्वास लिएको बताए । उनका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरुमा पढ्ने हौसला समेत प्रदान हुने बताए । नेपाल सरकारको नियम अनुसार प्रत्येक विद्यालयमा स्थानीय पालिकाको समन्वयमा दलित, जनजाती, गरिब, जेहेन्दार तथा छात्रा विद्यार्थीहरुको छनौट गरिएको चौधरीको भनाई छ ।

। हरेक विद्यार्थीलाई छात्रवृत्ति स्वरुप १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको बताउँदै उनले थोरै रकम भएपनि केही हदसम्म विद्यार्थीहरुका आवश्यकता परिपुर्ति हुने अपेक्षा लिएको बताए ।

शुक्रबार गोदावरी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि गोदावरीमा छात्रवृत्ति वितरण कार्य सुरु गरिएको छ । नगरप्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरणको कार्य सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले शिक्षाको क्षेत्रमा एक मात्र नमुना विद्यालयका रुपमा रहेको दुर्गालक्ष्मीले गोदावरीलाई चिनाउने प्रयास गरिरहेको बताए । उनले देशको आर्थिक स्थिति जर्जर अवस्थामा हुँदा अपेक्षा अनुरुप आर्थिक संकलन नभैरहेको अवस्थामा छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीहरुलाइ राहत हुने बताए । उनले आर्थिक मन्दीका समयमा बालबालिकाहरुको उज्जवल भविष्यका नयाँ शैक्षिक सत्रमा कपि किताब र ड्रेस किन्न छात्रवृत्तिको रकमले सहुलियत हुने विश्वास व्यक्त गरे ।

गोदावरीमा करिब १२ सय देखि १५ सय को हाराहारीमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने बताईएको छ । यार्ड नेपालले धनगढीका करिब ७३, गोदावरीका ५० र कैलारीका १ दर्जन जती विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिरहेको छ । जसमा सामुदायिक विद्यालय र गुठीद्धारा सञ्चालित विद्यालयहरु समावेश गरिएका छन् ।

कैलाली जिल्लाका युवाहरु मिलेर २०६७ सालमा स्थापना भएको यार्ड नेपाल स्वयमसेवक संस्थाका रुपमा रहेको छ । शिक्षा क्षेत्रमा काम गर्दै आईरहेको यसले छात्रवृत्तिको कार्यक्रमका साथै प्रजनन् तथा यौन स्वास्थ्य शिक्षासम्बन्धी धनगढी, गोदावरी र कृष्णपुर नगरपालिकामा काम गरिरहेको यार्डका अध्यक्ष वंशिराम चौधरीले बताए । त्यसका साथै टिकापुर र भजनी नगरपालिकामा डिजिटल स्टोरी टेलिङ तथा डिजिटल एजुकेशन सम्बन्धी १५ वटा विद्यालयमा उक्त संस्थाले काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0