‘कतै म हराएकी’ भन्दै उमेश भट्टसंग रोमान्टिक बनिन् मिस पवी


whatsapp sharing button
काठमाडौँ । टिकटकमा ‘मिस पवी’ को रूपमा चर्चित पवित्रा साँकी पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै देखिन थालेकी छन् ।

यस्तैमा उनी अभिनीत नयाँ म्युजिक भिडियो ‘कतै म हराएकी’ सार्वजनिक भएको छ । गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको गीतमा विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको सङ्गीत छ ।

भिडियो अभिनयमा मिस पवीलाई मोडल उमेश भट्टले साथ दिएका छन् । एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकथा देखाउन भिडियो प्रस्तुत गरिएको छ ।

उमेश भट्टकै निर्देशन रहेको भिडियोको कोरियोग्राफी राजिव समरले गरेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायाङ्कन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0