दुर्गालक्ष्मी स्वतन्त्र विद्यार्थी समुहले गरे चुनावी एजेण्डा सार्वजनिक


अत्तरिया : स्ववियु निर्वाचनका लागि स्वतन्त्र विद्यार्थी समुहले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेको छ । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हुन गईरहेको स्ववियु निर्वाचनका लागी उक्त समुहले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेको हो ।

बुधबार स्वतन्त्र विद्यार्थी समुहले क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । दुर्गालक्ष्मीको स्ववियु सभापतिका उम्मेदवार सरोज ठगुन्नाले सर्वप्रथम क्याम्पसमा वार्षिक शैक्षिक तालिका (क्यालेन्डर) बनाउने बताएका छन ।

विद्यालयमा कुन समयमा के गर्ने भन्ने विषयको कुनै टुङ्गो नहुने हुँदा विद्यार्थीहरु अन्योलमा पर्ने गरेकाले शैक्षिक क्यालेन्डर बनाएर विद्यार्थीहरुलाई प्रदान गरिने बताए । उनले त्यसपछि विद्यार्थीले अध्ययन गरिरहेको बिषय अनुसारको अतिरिक्त क्रियाकलाप र व्यवहारिक कार्यक्रम क्याम्पसमा लागू गराउने बताए ।

स्वतन्त्र विद्यार्थी समुहका तर्फबाट स्ववियु सभापतिमा ठगुन्नाका साथै सचिवमा मनोज दाहाल र कोषाध्यक्षमा निर्मला साउँदले उम्मेदवारी दिएका छन ।

यस्ता छन् एजेण्डाहरु :

१) वार्षिक शैक्षिक तालिका (क्यालिन्डर) बनाउने ।
२) विद्यार्थीले अध्ययन गरिरहेको बिषय अनुसारको अतिरिक्त क्रियाकलाप र व्यवहारिक कार्यक्रम क्याम्पसमा लागू गराउनेछौ ।
३) कलेजमा हुने अनावश्यक दलिय राजनितिक, अनुउत्पादन कार्यक्रम र विद्यार्थीको पठनपाठनमा हुने बाधाहरूको अन्त्य गरि एक देशकै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गरिनेछ ।
४) पहुचको भरमा छात्रवृत्ति पाउने गलत परिपाटीको अन्त्य गरि वास्तविक विपन्न र आवश्यक भएकालाई छात्रवृत्ति दिने सस्कारको बिकास गर्नेछौं , विद्यार्थी विपत कोषको निर्माण गरि आम विद्यार्थीमा अनुभुति द्वारा सामाजिक कार्य गर्न प्रेरित गराई समुदाय स्तरमा क्याम्पसको छवि गौरभमय बनाउनेछौ ।
५) विभिन्न सरकारी,गैरसरकारी र वित्तीय सस्थाहरू संग समन्वय गरि क्याम्पस भित्र र बाहिर विद्यार्थीको चौतर्फी बिकासका लागि कार्यक्रम गर्नेछौं ।
६) क्याम्पसमा अध्यापन गर्नु हुने अध्यापकज्यूहरूलाई पनि आदर्श अध्यापक बन्न प्रेरित गर्नुका साथै सस्कारित बनाउने वातावरणको निर्माण गर्नेछौं ।
७) क्याम्पस परिसर सुन्दर बनाउन शिक्षा मित्र पार्क , साईकल पार्किङ , फोहोरको उचित व्यवस्थापन , स्वच्छ खानेपानी , सफा शौचालय र प्रविधिमैत्री कक्षकोठाहरू निर्माण गर्नेछौं ।
८) बर्सेनि क्याम्पसको शैक्षिक स्तर घट्दै गएको छ, विद्यार्थीहरू मानसिक तनाब गइ दुर्व्यवसनीको सिकार बन्दैछन । क्याम्पसको शैक्षिक सुधार र विद्यार्थीको सुन्दर भविष्य निर्माणका लागि अतिरिक्त कार्यक्रम र विद्यार्थीका लागि शैक्षिक परामर्शदाताको व्यवस्थापन गरिनेछ
९) नियमित ६र६ महिनामा क्याम्पसमा निस्शुल्क स्वास्थ्य शिविर कार्यक्रम मार्फत विद्यार्थीको स्वास्थ्य परिक्षण गरिनेछ ।
१०) देशका उत्कृष्ट क्याम्पस र मित्र राष्ट्र भारतका क्याम्पस संग मितेरी सम्बन्ध राखी शैक्षिक अनुभव आदानप्रदान गर्नुका साथै असल अभ्यास कार्यान्वयन गरिनेछ ।
११) विद्यार्थी बिच समताको बिकासको अवधारणामा कार्य गरिनेछ ।
१२) विद्यार्थीहरूले अरुको चोरी नतिजा निकाल्ने गलत परम्पराको अन्त्य गरि अनुसन्धान गर्न प्रेरित गरि राष्ट्रका लागि योग्य व्यक्ति निर्माण गर्ने कार्य गर्नेछौं ।
१३) पहाडबाट आएका विद्यार्थीका लागि छात्रावास , टाढा बाट आउने विद्यार्थी का लागि क्याम्पस बस , शुद्ध खानेपानी, सफा सौचालय, झ्यालढोकाको व्यवस्था, व्यवस्थित खेलमैदान , खेल सामग्री ,  ट्रेनिङका लागि हल आदिको व्यवस्था गर्न पहल गर्ने सभापति पदका उम्मेदवार सरोज ठगुन्नाले पत्रकार सम्मेलनमा वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0