दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता


अत्तरिया : कैलाली दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा विभिन्न बिद्यार्थी संगठनहरुका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न चैत्र ८ गते हुने स्वबियु निर्बाचनको लागि विद्यँर्थी नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन । नेकपा एमाले निकट अनेरास्ववियु ले एकल उम्मेदवारी दर्ता गराएको छ ।

सभापतीका उम्मेदवार पुष्पराज सुबेदीको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ । जसको सचिबमा अनेरास्ववियु कै आकाश भट्टराई रहेका छन् । यस्तै नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ नेबिसंघ र माओवादी निकट अखिल क्रातिकारी र जनमोर्चो निकट अखिल छैटौले संयुक्त उम्मेदवारी दर्ता गराएको छ ।

संयुक्त प्यानलबाट सभापतिमा नेबिसंघका भुबन महराले मनोनयन दर्ता गराएका छन् भने सचिबमा अखिल क्रान्तिकारी का बम बिकले ले उम्मेदवारी दर्ता गराएका छन् । बैध निकट अखिल क्रान्तिकारी र समाजबादी निकटबाट सभापतीमा पुष्कर जोशीले उम्मेदवारी दर्ता गरेका छन ।
यस्तै राप्रपा निकट बिधार्थी संगठन र स्वतन्त्र पार्टी को समर्थनमा स्वतन्त्र बाट सभापतीमा लोकराज ओझा एल आरले उम्मेदवारी दर्ता गराएका छन । यस्तै स्वतन्त्र वाट नै अर्का सरोज ठगुन्ना ले पनि स्वतन्त्रबाट सभापतीमा उम्मेदवारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0