राप्रपा र रास्वपाले गरे स्ववियु सभापतिमा एलआर ओझालाई समर्थन


अत्तरिया : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवार लोक राज ओझा (एलआर) लाई  राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी समर्थन गरेका छन । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवार बनेका ओझालाई रास्वपा र राप्रपाले समर्थन गरेका हुन ।

बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरेर दुवै पार्टीले स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका ओझालाई समर्थन गर्ने घोषणा गरेका थिए । रास्वपका प्रदेश सदस्य हेमन्त जोशीले आफूहरुले स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका ओझा उपयुक्त उम्मेदवार भएकाले समर्थन गरेको बताए ।

उनले आफ्नो पार्टीको विद्यालय/क्याम्पसमा राजनीतिक गतिबिधि नगर्ने भएकाले स्वतन्त्र रुपमा उठेका उम्मेदवारलाई समर्थन गरेको बताए । ‘हामीले विद्यालयमा राजनीति गर्ने भन्दा पनि विद्यार्थी विद्यालयमा पढोस् भन्ने चाहन्छौ’ उनले भने ‘हामी नयाँ पार्टी भएकाले हामीलाई धेरै मानिसहरुको साथ चाहिएको छ । हामी संग आस्था राख्ने विद्यार्थी पनि क्याम्पसमा छन् । उनीहरुले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरुन भनेर हामीले समर्थन गरेका हौ ।’ उनले राजनीतिक पहुचका हिसावले विद्यालयमा राजनीति गर्न नहुने बताए ।

राप्रपाका प्रदेश ‘ख’ सचिव विराज बिष्टले विद्यालयमा राजनीतिका नाममा राजनीति मात्रै भएकाले आफूहरुले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको बताए । ‘विगतमा विद्यार्थी राजनीति गरेर विद्यार्थीका हकहितमा काम गर्ने भन्दा पनि पार्टीगत रुपमा हुन थाले’ उनले भने ‘विद्यालयमा स्कलसिप दिदाँ पनि राजनीति गर्न थालियो । यस्ता कुरा राक्न क्षमता भएको स्वतन्त्र व्यक्तिलाई हामीले समर्थन गरेका हौ ।’

राप्रपाका गोदावरी नगर कमिटी अध्यक्ष दुर्गा पोखरेलले एल आर ओझा सक्षम व्यक्ति भएकाले आफूहरुले समर्थन गरेको बताए । ‘एलआरमा काम गर्ने हुटहुटि छ । त्यसले उहाँले जित्नुपर्छ भन्ने लाग्छ’ उनले भने ‘भिजन भएको मान्छे भएकाले हामीले नैतिक रुपमा समर्थन जनाएका हौ ।’

स्वतन्त्र राजनीतिको वकालत गर्दै आएका पुष्कर शर्मा जोशीले विद्यार्थीको राजनीति विद्यार्थीले नै गर्न पाउनु पर्ने बताए । ‘विद्यालयमा विद्यार्थीले राजनीति बुझ्ने हो । राजनीति गर्ने होइन्’ उनले भने ‘विद्यालयमा विद्यार्थीले विद्यालय बनाउन विद्यार्थी राजनीति गर्ने हो । त्यसपछि जुन पार्टी संग नितिगतरुपमा बिचार सहि लाग्छ सोही पार्टीसंग जोडिएर खुल्लारुपमा राज्यनिर्माण गर्ने राजनीति गर्ने हो ।’ उनले स्वतन्त्र रुपमानै उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सरोज ठगुन्ना र मनोज दाहाल पनि नयाँ विचार र भिजन सहित चुनावी मैदानमा भएको साथै नेविसंघ परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका लोकराज ओझा (एल आर) पनि ससक्त उम्मेदवार रहेको वताए । कोरोनाकालमा एल आर ओझा र उनको समुहले थप्रै मानिसलाई आर्थिक व्यवस्थापन तथा खानपिनको व्यवस्थापन गरेको , थुप्रै विद्यार्थीका मुद्याहरुलाई विश्वविद्यालय सम्म पुर्याईदिएको, मानसिक सन्तुलन गुमाएका घरवार विहिन व्यक्तीहरुलाई उद्दार तथा उपचार गरि सम्वन्धीत संस्था एवं निकायलाई बुझाएको साथै विभिन्न सामाजिक मुद्दा जस्तै गौ व्यवस्थापन ,हरियाली ,विभिन्न क्षेत्रहरुमा कामगरिसकेकोले स्वतन्त्र उम्मेदवार एल आर र सरोज ठगुन्ना बिच आफ्नो रुचाईएका उम्मेदवार एल आर ओझा अलिक बढी सक्रिय देखिएकोहुदाँ एलआर ओझाले समेत स्वतन्त्र उम्मेदवारी दिएकाले उनलाई एक छान्नु पर्ने अवस्थामा आफूले हालका लागी एल आर ओझालाई समर्थन गरेको बताए । उनले विगतमा एलआर ओझा नेविसंघमा जोडिएको भनिएपनि उसले लामो समय यता गरेका गतिविधि पार्टी भन्दा माथि उठेर अगाडी बढाएकाले आफूहरुले समर्थन गरेको बताए । साथै अर्को स्वतन्त्र प्यानलका सचिव पदका स्वतन्त्र उम्मेदवार मनोज दाहाल पनि आफ्नो मनपरेको उम्मेदवारको रहेको वताए । दाहालले यस क्षेत्रमा विद्यार्थीहरुलाई कमाई संगै पढाई ,साथै कुलतमा फसेकाहरुका लागी विभिन्न जनचेतनामुलक कार्यक्रम र उद्यमसिलता सम्वन्धीका तालिमहरु संचालन गरिसकेकोले कुनै व्यक्ती विशेस नभएर मनोज दाहाल र एल आर ओझा जस्ता युवाले निर्विकल्परुपमा क्याम्पसको नेतृत्वका लागी छानिएमा यस क्षेत्रको शिक्षा क्षेत्रमा व्यापक सुधार हुनसक्ने कुरा वताए । यस क्षेत्रको एकमात्र बहुमुखी क्याम्पसको रुपमा रहेको दुर्गालक्ष्मी क्याम्पसले गर्दा यस क्षेत्रको आर्थिक गतिविधी चलाएमान भएको छ ,यहाँका घरहरु भाडामा गएका छन, थुप्रै संघसंस्था तथा ट्यूसन सेन्टरहरु चलेका छन, सडकमा रहेका ठेलाव्यवसाय देखि शोरुम सम्मको व्यापार वढेको छ, र थुप्रै शिक्षीत व्यक्तीहरुले रोजगार पाएका छन त्यसैले दुर्गा लक्ष्मीलाई राजनैतिक आडमा वर्वाद पार्ने भन्दा नमुना क्याम्पस वनाउने विद्यार्थी नेतृत्वलाई आफुले समर्थन गरेको फारवेष्ट खबरसंग वताए ।

स्वतन्त्र उम्मेदवारी दिएका ओझा स्वावियु निर्वाचनमा टीम बनाएर चुनाव लड्दै छन । उनको टिमबाट सचिवमा दिनेश बडु, कोषध्यक्षमा देवकी बोहरा उम्मेदवार  रहेका छन । यस्तै सदस्यहरुमा धन बहादुर बोहरा, यमुना भट्ट, निराजन कडेल, पुष्प ओझा, दिपेन्द्र बोहरा र सन्तोष भट्ट रहेकाे अाेझाले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0