दुर्गालक्ष्मीको सभापतिमा एलआर ओझाद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतत्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा लोक राज ओझा (एलआर) ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मीमा फागुन ८ गते हुने स्ववियु निर्वाचनका लागि एलआर ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सभापति पदको उम्मेद्धारीका लागि आकाक्षी रहेका एलआर ओझाले अन्तिम समयमा आएर सामाजिक संजाल फेकबुक मार्फत स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन ।

नेविसंघबाट भुवन महराले उम्मेदवारी दिने जनाइएको छ । उनले भोलि  नै पत्रकार सम्मेलन गरेर आधिकारीक रुपमा अाफ्नाे सभापति पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको वताएका छन।

नेविसंघबाट सभापति पदमा एल आर ओझा, महरा संगै देवराज ओझाले दावी गरेका थिए । देवराज लाई अाज नै नेविसंघको इकाई सभापती बनाइएको छ । सभापति पदका दावेदार एलआर ओझा भने उक्त पदमा दावी कायम राख्दै स्वतन्त्र चुनाव लड्ने बताएका छन ।

दुर्गालक्ष्मीको हुने स्ववियु निर्वाचनका लागि ८ वटा विद्यार्थी संघ, संगठन र समुह दर्ता गरिएका छन । हिजाे अाज क्याम्पसमा चुनावी सरगर्मि निकै वढिरहेकाे पाईन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0