पत्रकार सेर बहादुर ऐरमाथि आक्रमण गर्नेलाई पत्रकार महासंघ कैलालीले गर्यो कारवाहीको माग


धनगढी : धनगढीका पत्रकारमाथि गरिएको आक्रमणका दोषीलाई कारवाही गर्न माग गरिएको छ । शनिबार धनगढीस्थीत रुवस होटलमा चिकित्सकहरुको प्रदेश स्तरीय सम्मेलनपछि पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न माग गरिएको हो ।

नेपाल पत्रकार महासंघ लगायतका विभिन्न पेशागत संघसंगठनहरुले स्वास्थ्य पत्रकार मञ्चका प्रदेश संयोजक समेत रहेका धनगढी खबरका पत्रकार ऐरमाथि आक्रमण गर्नेको पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग गरेका छन । नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, फोटो पत्रकार महासंघ,नेपाल खेलकुद मत्रकार मञ्च लगायतका संघसंस्थाले घटनाको भत्सर्ना गर्दै कारवाहीको माग गरेका छन् ।

महासंघका कैलाली अध्यक्ष हिमालय जोशीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, प्रमुख प्रहरी उपरीक्षक(एसपी) देवेन्द्र पाललाई भेटेर घटनाको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन पत्रकारहरुले माग गरेका छन् भने स्वयंम ऐरले पनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

शनिबार राति साइमन नामक संस्थाले चिकित्सक र पत्रकारलाई दिएको डिनर पार्टीमा सहभागी भएका बेला ऐरमाथि अज्ञात व्यक्तिले पछाडिबाट आक्रमण गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराएका ऐरको टाउकोमा पाँच वटा टाका लागेका छन् । विगत केही दिनदेखि स्वास्थ्य क्षेत्रमा भएका विकृतिबारे समाचार सम्प्रेषण गरेका कारण मेडिकल माफियाहरुले आफूमाथि आक्रमण गरेको ऐरको आशंका छ । जिल्ला प्रहरी कैलालीले कार्यालयले घटनाबारे अनुसन्धान भैरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0