बैंकको ब्याजदर चैतदेखि घट्दै


काठमान्डौ :नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। बिहीबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो।

चैत १ गतेदेखि लागू हुने गरी साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाइने भएको हो। त्यसैगरी कर्जाको प्रिमियममा ब्याजदर १ प्रतिशतले घटाइने भएको छ।

वित्तीय संस्थाहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेका हुन्।प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुने भएको छ।

आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो।तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ।

बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ। जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरुको आधार दर र कर्जाको ब्याजदर घट्छ। मुद्दती निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0