एसपीएमा अध्ययनरत विद्यार्थीले बनाए ईभी कार


धनगढी: धनगढीको एसपीए कलेजका विद्यार्थी सागर खनालले बनाएकोे एसपीए ईभी मोडल कार सार्वजनिक गरिएको छ ।

बुधवार औपचारिक कार्यक्रमकाबीच कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत सागर खनालले बनाएको कार सार्वजनिक गरिएको हो । कार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सार्वजनिक गरेका हुन् ।

करीब ६ महिनाको समय र ३ लाख रुपैयाँ खर्चेर कार बनाइएको विद्यार्थी खनालले बताए । उक्त कार निर्माणमा लागेको सबै खर्च एसपीए कलेजले व्यहोरेको बताइएको छ ।

उक्त ईभी कारको ब्याटी एक पटक चार्ज गरेमा ८० देखि एक सय किलोमिटरसम्म चल्ने दाबी खनालको छ । उक्त कार चावी सँगै सेक्यूरेटी नम्बरबाट पनि स्टार्ट गर्न सकिन्छ । कारमा फोल्डीङ सिटको व्यवस्था गरिएको छ भने आवश्यकताअनुसार अगाडि र पछाडि सिट फोल्डीङ गर्न समेत सकिन्छ ।

मेयर हमालले कार सार्वजनिक गर्दै निर्माणकर्ता सागरसँगै कलेजको परिसरमा फन्को लगाएका थिए । कारको सवारी गरेपछि मेयर हमालले निमार्ण कर्तालाई बधाई दिदै कलेजले आफ्ना विद्ययार्थीको प्रतिभा विकासमा गरेको लगानीको प्रसंसा गरेका छन् ।

उनले सागर जस्ता अदधुत क्षमता भएका युवाहरुलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0