विविध कार्यक्रम साथ नबदुर्गा गाउँपालिका डडेल्धुराले मनायो ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस


डडेल्धुरा : आज सहिद परिवार , द्वन्द पीडित लगायत आस्रित परिवारलाई सम्मान गर्दै नबदुर्गा गाउँपालिका डडेल्धुराले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस गाउँपालिकाको परिसरमा मनाएका छ । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ ।

नेपालमा ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदै आएको छ। संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले शुधकामना ,प्रभातफेरी, अन्तरक्रिया, गोष्ठी, सम्मानलगायतका विभिन्न कार्यक्रम गर्दैछन्।

महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले उपलब्धि हासिल गरे पनि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा अझै धेरै काम हुन बाँकी छ ।

नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ । तर, अझै पनि महिलालाई नेतृत्व र जिम्मेवारी दिन आनाकानी हुने गरेको छ । पछिल्लो समय महिलाहरु आत्मनिर्भर र स्वाबलम्बि बन्दै गएका छन् । घर भित्र र बाहिरको कामको जिम्मेवारीले महिलामाथि भार भने बढ्दै गएको छ ।

नेपालको संविधान महिला मैत्रि भए पनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनमा जोड दिएका छन्। राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिएको छ। तर महिला प्रतिनिधित्वका सवालमा बाध्यकारी व्यवस्था रहेको निकायमा बाहेक बेवास्ता गर्ने गरिएको गुनासो बेलावखत आउने गरेको पाईन्छ। यसै अवसरमा नवदुर्गा गाउपालिकाको परिसरमा स्थानीय विभिन्न द्वन्द पिडीत, सहिद परिवारहरु तथा सम्मान गर्न आवश्यक महिलाहरुलाई गाउपालिका अध्यक्ष तथा उपाध्यक्ष सम्मेलित कार्यक्रममा सम्मना गर्ने कार्यक्रम सम्पन्न भएको जानकारी गाउँपालिका स्रोतले वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0