डडेल्धुरा बहुमुखी क्याम्पस स्ववियु सभापति पदमा दुर्गा प्रसाद भट्टकाे दावी


डडेल्धुरा  : चैत्र ५ गते सम्पन्न हुन गईरहेको स्ववियु निर्वाचनमा डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा स्ववियु सभापति पदमा दुर्गा प्रसाद भट्टको उम्मेदवारी रहेको छ । नेपाल विद्यार्थीसंघको तर्फबाट डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरा मा स्ववियु सभापति पदमा भट्टको दाबी रहेको हो ।
नेपाल विद्यार्थी संघ गन्यापधुरा
गाउँपालिका संयोजक समेत रहेका भट्टले डडेल्धुरा बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक व्यवस्थापन गर्न ठुलो योगदान रहेको जानकारी गराउदै सभपतिको पदमा दाबी गरेको बताए ।  डडेल्धुरा बहुमुखी क्याम्पसका विद्यार्थीहरु संग विभिन्न बिषयमा छलफल गरी विद्यार्थीहरुको चाहना र सुझाव सल्लाह बमोजिम आफ्नो उम्मेदवारी घोषणा गरेको उहाँले बताए । कक्षा ८ देखी ने.बि संघ मा लागेका भट्ले क्याम्पस को चौतर्फी बिकास र विद्यार्थीको हकहितका निमित्त आफुले गर्नसक्ने कामहरु लाई समेटेर केहिदिनमै घोषणा पत्र पनि जारी गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0