एभरेष्ट एकेडेमी  अत्तरियाले फाल्गुन २५ र २६ गते स्टीम कार्यक्रमकोे आयोजना गर्दै


अत्तरियाः कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीले फाल्गुन २५ र २६ गते स्टीम(STEAM) कार्यक्रमकोे आयोजना गर्ने भएको छ । स्टीम कार्यक्रमकालागी मुख्य रुपमा गोदावरी नगरपालीकाले आर्थीक सहायता प्रदान गर्नेछ । त्यसै गरि राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिस्ठान, काठमाडौं विश्वविद्यालय, रोबोटिक्स एशोसियसन फार्वेस्ट, अमेरिकन कर्नर धनगढी, गोदावरी प्याब्सन, युथ अलायन्स फोर डेभलपमेन्ट आदि संस्थाहरु पनी सहयोगीको रुपमा रहेका छन् । कार्यक्रममा दश देखी बाह्र लाख सम्म खर्च आउने आयोजकको अनुमान छ ।

प्रतियोगिता अत्तरिया स्थीत एभरेष्ट एकेडेमीको प्रांगणमा हुने आयोजक एभरेष्ट एकेडेमीले साेमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हाे । स्टीम एक्पो एण्ड च्यालेन्जकालागी सुदूरपश्चि प्रदेशका जुनसुकै विद्यालयका कक्षा ६ देखी १० सम्म अध्ययनरत विधार्थीहरुले सहभागी हुन पाउने एभरेष्ट एकेडेमीका प्रिन्सीपल स्माइल चौधरीले बताए । एउटा विद्यालयबाट ५ जना विद्यार्थीहरु (कम्तिमा २ जना छात्रा) र १ जना शिक्षक गरि ६ जना सहभागी हुन पाउने छन ।

स्टीम प्रोजेक्ट नेपालका लागि नयाँ शिक्षण विधि भएकोले यस सम्बन्धी जनप्रतिनिधि, अभिभावक, प्रधानाध्यापक तथा शिक्षकहरुलाई जानकारी दिन स्टीम सम्वन्धि विज्ञहरु मार्फत एक दिने अभिमुखीकरण प्रदान गरिनेछ । यस सेमीनारमा काठमाण्डौं विश्वविद्यालयका प्रोफेसर, नास्ट ललितपुरका विज्ञहरुसँगको अन्तरक्रिया रहने छ । स्टीम कार्यक्रमकालागी कम्तीमा ११ विधामा पुरुकार प्रदान गरीने र प्रत्येक विधाकालागी तीन हजार नगदकासाथै प्रमाणपत्र प्रदान गरीने आयोजकले जानकारी दिएको छ । टिम दर्ताकालागी ५ सय रुपौया लाग्ने बताईएको छ ।

टाढाबाट आएका विधार्थीहरुको खाना तथा आवासको वयवस्था आयोजकले नै गर्नेछ । गोदावरी नगरपालीका भित्रका सरकारी विद्यालयहरुले अवलोकनमा जान चाहेमा आयोजकले नै यातायातको व्यवस्था गर्नुकासाथै प्रवेश निशुल्क दिईनेछ । स्टीम कार्यक्रमले विदार्थीहरुलाई दैनीक जीवनमा आईपर्ने समस्याहरुको समाधान निकाल्न,सिर्जनशील हुन तथा समालोचनात्मक हुन सिकाउने विश्वास आयोजकले लिएको छ । त्यसैगरी यस कार्यक्रमले विद्यार्थिहरुलाई     प्रयोगात्मक हुन,अनुसन्धान गर्न,समुह कार्य गर्न र प्रस्तुतीकरण गर्ने जस्ता विभिन्न सिपहरुको विकास गराउने विश्वास गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0