नेपाल सरकारले दियो भोलि र पर्सि सार्बजनिक बिदा


काठमाण्डौं : नेपाल सरकारकारले भोलि अर्थात फागुन २२ र २३ गतेका लागि सार्बजनिक बिदा दिएको छ । फाल्गुण शुक्लपक्ष पूर्णिमाका दिन मनाइने पर्व फागुपूर्णिमाको अवसरमा संघीय सरकारले सार्बजनिक बिदा दिएको हो ।

प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा फागुन २२ गते र तराईमा २३ गते भव्यताका साथ मनाइँदैछ। सरकारले वार्षिक क्यालेन्डरमै राखेर २२ गते पहाडी क्षेत्रमा र २३ गते तराईमा होलि भएकोले सार्बजनिक बिदा दिएको हो ।

रङको चाड ‘फागुपूर्णिमा’ किन मनाइन्छ ?

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् हरिराम जोशी बताउँछन् । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ ।

राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको हो । स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको आनन्द लिने गर्दछन् ।

होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ ।फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी,

युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0