सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।

आज दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको आठौं बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कुल ५२ मत खसेको थियो। मुख्यमन्त्री शाहको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको हो।

मुख्यमन्त्री शाह नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0