कैलालीको अत्तरियामा लागुऔषधसहित एक जना महिला पक्राउ


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका अत्तरियामा किराना पसल सञ्चालन गर्दै आएकी एक महिला लागुऔषधसहित पक्राउ परेकी छन् ।

गोदावरी नगरपालिका–१ अत्तरियामा तरकारी बजार नजिक किराना पसल सञ्चालन गर्दै आएका ५४ वर्षीया कुसुम भट्ट अवैध लागूऔषधसहित पक्राउ परेकी हुन्।

उनी ३१ ग्राम लागुऔषधसहित शनिबार साँझ पक्राउ परेकी हुन्। उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागुऔषधसहित उनलाई पक्राउ गरिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0