गोदावरी नगरपालिका कैलालीका ३० जनाको टोली अबलोकन मा हिँड्याे


अत्तरिया – गोदावरी नगरपालिका का जनप्रतिनिधिहरु एक साता भ्रमणमा हिँडेका छन् ।

नगरप्रमुख बिरेन्द्र भट्ट , उपप्रमुख शारदा देबी रोकाया, प्रमुख प्रशासकिय अधिकृत बसन्तकुमार खत्री सहित ३० जनाको टोली शनिबार बिहान अत्तरियाबाट हिंडेको हो ।

क्षेत्रीय शहरी बिकास आयोजना ले विभिन्न जिल्लाका नमुना नगरपालिकाहरुको अबलोकन गराउने भ्रमण गराएको हो ।

बिषेशत फोहर ब्यबस्थापन ल्यान्डफिल्ड शहरी बिकास आयोजनाले बनाउने भएकोले सो कुरोको अध्यन अबलोकन गर्न टोलि हिंडेको नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले बताए ।

टोली इलाम सम्म पुग्न कार्ययोजना रहेकाे मेयर भट्टले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0