लिटिल बुद्ध एकेडेमी बिजनेश समुहका विद्यार्थीले गरे अैाद्याेगीक अवलाेकन


हेमन्त अवस्थी/धनगढी :   सुदुरपश्चिममा उत्कृष्ठ शैक्षिक संस्थाकाे रुपमा चिनिदै अाएकाे  लिटिल बुद्ध एकेडेमी महेन्द्र नगर कञ्चनपुर  बिजनेश गुरुपका विद्यार्थीले शनिवार  धनगढीमा रहेका विभिन्न उद्याेगहरुकाे अवलाेकन गरेका छन् । अवलाेकन गर्ने क्रममा कक्षा ११ र १२ का ६२ जना बिजनेश समुहका विद्यार्थी र ३ जना शिक्षक जसमा वि अाे  डि चेयरम्यान प्रेम खाती , प्रिन्सिपल श्याम सिह माैनी तथा अन्य  कर्मचारीहरु सहभागी थिए । अवलाेकनका क्रममा धनगढीका चर्चित ४ वटा कम्पनिहरुमा लगि कम्पनिका प्रतिनिधी तथा कर्मचारीले विस्तृतरुपमा अाफ्नाे कम्पनिका वारेमा सहभागी अवलाेकन कर्ताहरुलाई बताएका थिए । शनिवार अवलाेकन गरिएका कम्पनिहरुमा गेटामा रहेकाे सुदुरफुड ईण्डस्टीज , धनगढीकाे सिताज फुड एण्ड वेभरेज र पञ्चशक्ती सिड्स कम्पनी र भाटभटेनी सुपरमार्केट रहेेकाे वि अाे  डि चेयरम्यान प्रेम खातीले फारवेष्ट खवरलाई वताए । यस किसिमकाे अबलाेकन अाफ्ना विद्यार्थीहरु दक्ष वनाउने  उद्देश्यकासाथ लिटिल वुद्ध एकेडेमीले गरेकाे र समय समयमा गर्दै अाएकाे प्रिन्सीपल श्याम सिह माैनीले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0