पीएनजी विरुद्ध नेपालले पायो १८० रनको लक्ष्य


यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) बाट जितका लागि १८० रनको लक्ष्य पाएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेमो पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनायो । पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

पहिलो विकेटका लागि टोनी उरा र डोरिगाले १०.३ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । तर सन्दीप लामिछानेले डोरिगालाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेर नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि पीएनजीले ठूलो साझेदारी गर्न सकेन भने नेपालले नियमित अन्तरालमा विकेट लिइरह्यो ।

टोनी उरालाई २२औं ओभरमा सोमपाल कामीले आफ्नै बलमा उत्कृष्ट क्याच लिँदै आउट गरे ।

लगत्तै अर्को ओभरमा कुल मल्ले कप्तान असद भालालई एलबीडब्लु धरापमा पारे । बाउ र भालाले समान ११ रन जोडे ।

९१–४ को अवस्थामा रहेको पीएनजीको इनिङ्स हिरि हिरी र गौडी टोकाले सम्हाल्ने प्रयास गरेका थिए । यो जोडीले पाँचौ विकेटका लागि १३ ओभर खेल्दै ३२ रनको साझेदारी गरे । गौडी टोकालाई दीपेन्द्रले बोल्ड गर्दै नेपाललाई पाँचौ सफलता दिलाए । टोकाले १५ रन जोडे । ४२औं ओभरमा करण र दीपेन्द्रले चाड सोपरलाई रनआउट गरे । दीपेन्द्रले ४४औं ओभरमा हिरी हिरीलाई आउट गरे ।

सोमपाल कामीले रिले हेकुरेलाई ४७औं ओभरमा बोल्ड गरे । करणले ४९औ ओभरमा नोर्मन भानुअलाई १४ रनमा बोल्ड गरे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । १० ओभर बलिङ गर्दा दीपेन्द्रले १ मेडन राख्दै ३० र र सोमपालले ३९ रन खर्चिए ।

सन्दीप लामिछानेले ९।२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडना राख्दै ३६ रन खर्चेर १ विकेट लिए ।

किफायती बलिङ गरेका करण केसीले ८ ओभरमा २ मेडन राख्दै ३२ रन खर्चिएर १ विकेट लिए । समान एक ओभर बलिङ गरेका कप्तान रोहित पौडेल र आरिफ शेखले क्रमशः १ र ६ रन खर्चिए । रोहित र आरिफले मात्र नेपाली इनिङ्समा विकेट लिएनन् । पीएनजीका तीन खेलाडी रनआउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0