गोदावरीको प्रमुख प्रशासकीय अधिकृतमा पोखरेल पदस्थापन


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवको पदस्थापन गरेको छ । बढुवा भएर अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई मन्त्रालयले मंगलबार साँझ पदस्थापन गरेको हो । जस अनुसार गोदावरी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत को रूपमा आस्विनकुमार पोखरेल आउने भएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट बिरुद्ध अक्तियारमा उजुरी परेपछि शिक्षा शाखा प्रमुख बसन्तकुमार खत्रीले प्रमुख प्रशासकिय को कार्यभार सम्हालेका थिए । उनको जागिर अबधि अब ६ महिना मात्रै बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0