प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक चैत ५ गते बस्ने


काठमाडौं : आज (बुधबार) बस्ने भनिएको संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

पूर्वनिर्धारित तालिका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने थियो । तर संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
यसबीचमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन मिति तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0