जग्गा नापीको काम ढिलाई भएको छ , केही समयपछि कन्सल्टेन्सी हायर गर्ने विषयमा छलफल भईसकेको छ : मेयर भट्ट


अत्तरिया : गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले जग्गा नापीको काम तिब्र रुपमा हुन नसकेको बताएका छन् । मेयर भट्टले अहिलेकै गतिमा जग्गा नापीको कार्य भएमा आगामी पाँच बर्षमा पनि जग्गा नाप्ने काम नसकिने बताएका छन ।
मंगलबार गोदावरी नगरपालिका – ४ हाटखोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको २५ औं बार्षिकोत्सव समारोहमा मेयर भट्टले यस्तो बताएका थिए। उनले अहिलेको गतिमा काम गर्दा निकै ढिलो हुने देखिएकाले केहि समयपछि कन्सल्टेन्सी हायर गरेर १२ वटै वडामा भएको जमिनलाई एक डेढ बर्षमै नाप्ने बिषयमा छलफल अगाडी बढाएको बताए ।
मेयर भट्टले गोदावरीका १२ वटै वडामा अव्यवस्थित बसोबासीका रुपमा रहेकाहरुलाई व्यवस्थित गरी लालपुर्जा दिने काम अगाडी बढेको बताए ।
‘लालपुर्जा वितरणका लागि हामीले १० जना करारमा अमिन भर्ना गर्यौ । हामीले छिटो भन्दा छिटो लालपुर्जा हातमा दिने उद्देश्यका साथ यो कामलाई आगाडी बढाएका थियौ’ उनले भने ‘अहिले आएर जुन किसिमले काम अगाडी बढेको छ यसरी काम गर्दा ५ बर्षमा नापीको काम पनि सकिन्छ कि सकिदैन् भनेर अन्योलता छाएको छ ।’ अन्तमा मेयर भट्टले गोदावरीमा पूर्जा नभएका आम नागरिकहरुलाई नगरपालिकाले कन्सल्टेन्ट लाई खटाएरै भएपनि पूर्जा वितरण गर्नेछ भन्दै आम नागरिकहरुलाई यसविषयमा ढुक्क रहन विश्वास दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0