गन्यापधुरा गाउँपालिकाद्धारा ५८ जनालाई गरिब परिचयपत्र वितरण


डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा गरिब परिचयपत्र वितरण गर्नेकार्य सुरु गरिएको छ।

बिहीबार गन्यापधुरा गाउँपालिका–५ रेलमा एक कार्यक्रमकाबीच ५८ जनालाई गरिब परिचयपत्र वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गर्दै गरिब परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा संचालित र गाउँपालिकाको सहजीकरणमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत यहाँका ५८ जना व्यक्तीहरुलाई गरिब परिचयपत्र वितरण गरिएको अध्यक्ष कार्कीले बताए।

‘गाउँपालिकामा तथ्याङ्क संकलन, सोको विष्लेशण, प्रारम्भिक सूची प्रकाशन, गाउँपालिकामार्फत गुनासो संकलक र प्रशोधन गरी अन्तिम नामावलि स्विकृति पश्चात छापिएका अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी १ हजार २०५ जना छन्,’ अध्यक्ष कार्कीले भने, ‘तीमध्ये आज हामीले ५८ व्यक्तिहरूलाई परिचयपत्र वितरण गरेका छौँ।’ उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानुकुमारी सेटीको पनि उपस्थिति रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0