पुष्पाञ्जली आवासीय विद्यालय अत्तरियाको ३४ औँ वार्षिकोत्सव सम्पन्न


अत्तरिया : कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यामिक विद्यालयको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

विद्यालयका सञ्चालक यमप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए। पुष्पाञ्जलीले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको नगरप्रमुख भट्टले बताए।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेश बरालले सफलताको शुभकामना दिएका छन्। सो अवसरमा विद्यालयका विद्यार्थीहरुले विभिन्न कला संस्कृति झल्काउने किसिमका प्रस्तुती देखाएका थिए।
२०४५ सालमा स्थापना भएको उक्त विद्यालय हाल कक्षा १० सम्म पढाई हँुदै आएको छ। विद्यालयमा ९६५ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका सञ्चालक भण्डारीले बताए। उनले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधासम्पन्न भौतिक पुर्वाधार निर्माण गर्नुका साथै जनशक्तिको समेत उचित व्यवस्थापन गरिएको बताए। विद्यालयमा साना बालबालिका लागि एसीको समेत व्यवस्था गरिएको विद्यालयले वताएकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0