कैलालीको बल्मिमा हायस दुर्घटनामा एक जनाको मृत्यु


अत्तरिया : कैलालीको बल्मिमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मिमा बिहीवार (आज )बिहान हायस दुर्घटना भएको हो। दुर्घटनामा जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ का पैदल यात्री केहुँराम चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका अनुसार धनगढीबाट नेपालगंज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो। स्थानीयहरुले घटनापछि अहिले कैलालीको बल्मि क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0