दार्चुलाका एकजना प्रहरी जवानले गरे गोली हानी आत्महत्या


दार्चुला : दार्चुला घर भएका एक जना प्रहरी जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

जिल्लाको अपी नगरपालिका–६ घर भएका २६ वर्षीय प्रहरी जवान कविन्द्र विकले बिहीबार बिहान २: ५६ बजेतिर ड्युटीमा रहेका बेला आफैँले बोकेको एसएलआर राइफलबाट दायाँ कन्चटमा गोली हानी आत्महत्या गरेका छन् ।

उनको दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामारमा रहे पनि उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत थिए ।
दायाँ कन्चटमा गोली लागेको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ र घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमान्डमा ८ जनाको प्रहरी टोली खटिएको  प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0