धनगढी -अत्तरिया ६ लेन सडक झिलिमिली भएपछि स्थानीय हर्सित


हेमन्त अवस्थी धनगढी : धनगढी – अत्तरिया ६ लेन सडक खण्ड बत्तिले झिलिमिली बनेको छ ।

उक्त सडक खण्ड मा जडान गरिएका हाइमास्ट लाइट बालिएका छन् । प्रदेश सरकारका भौतिक पुर्बाधार मन्त्री प्रकाश देउबाले स्विच अन गरि अाजै उदघाटन गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम पुरा भएको हो।

उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब १४ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको काम अघि बढाएको थियो।धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबै को सहयोग भए अब धनगढीले बिकास मा फडको मार्ने बताए ।

उनले लाइट जडान को कार्य अब सबै वडामा बिस्तार गरिने जिकिर गरे । लाइट जडान भएपछि ६ लेन सडक खण्डमा दुर्घटनामा पनि कमि आउने बिश्वास लिइएको छ ।उक्त सडक झिलिमिली भएपछि स्थानीयहरु खुशी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0