सुदुरपश्चिम प्रहरी प्रमुख डीआईजी अशोक सिंहले दिए पदवाट राजीनामा


अत्तरिया : प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।

डीआईजी सिंहले राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको प्रमाण सार्बजनिक भएको थियो । डीआईजी सिंहको नागरिकताको प्रतिलिपिअनुसार उनले गएको जेठ २२ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदबाटै अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर, उनले आफ्नो जन्म मिति ढाँटेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको पुष्टि भएको थियो ।

नागरिकताको प्रमाणपत्रमा उनी २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको उल्लेख छ । उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ साल जेठ २२ गते जन्मिएको हुनुपर्छ ।

यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिन्छ ।तत्कालीन अवस्थामा सिंह वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी पदमा कार्यरत थिए । प्रहरी नियमावली २०७१ को नियम १२७ अनुसार एसएसपीले अनिवार्य अवकाश पाउने उमेर ५५ वर्ष हो । त्यस हिसाबले सिंहले एसएसपी छँदै २०७९ जेठ २२ गते अनिवार्य अवकाश पाउनुपर्ने थियो । उनीविरुद्ध फागुन ६ गते अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी समेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0