कैलालीको अत्तरियामा व्यवसायीहरु आन्दोलित


अत्तरिया कैलालीको अत्तरियाका ब्यवसायीहरु आन्दोलित बनेका छन् । बैंकहरु को चर्को ब्याज विरुद्ध उनीहरुको अत्तरिया मा बिरोध प्रदर्शन गरेका हुन । अत्तरिया उधोग बाणिज्य संघ को अगुवाई मा बिरोध प्रदर्शन गरिएको हो ।ब्यबसायीहरुले अत्तरिया बजार को चारै तिर ब्यानर सहित मौन प्रदर्शन गरेका हुन ।

र्याली पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै ब्यबसायी लोकराज पाण्डे आगोले बैंक , सहकारी र लघुबित्तहरुलाई सरकारले निगरानी मा राख्नुपर्ने बताए । यस्तै ब्यबसायी नैन सिँ कार्कीले बिगत २बर्ष देखि बैंकहरु को ब्यबसायी माथी मनपरी बढेको जिकिर गरे । उनले ब्यवसायीहरु को मागलाई बैंक ले बेलैमा नसुने ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै होटेल ब्यबसायी संघ कि केन्द्रिय उपाध्यक्ष धना देबी चोखालले बैंकहरु को चर्को ब्याजका कारण मान्छेहरु ले आत्महत्या गर्न सम्म पुगेको बताईन । यस्तै चेम्बर अफ कमर्श कैलाली का उपाध्यक्ष प्रमोद अधिकारीले ब्यबसायीहरुका माग बैंकहरुले सुन्नैपर्ने बताए। अधिकारी ले सरकारका निकाय ले नै बैंक मा ठूलो रकम जम्मा गरेर ब्याज खाने गरेको आरोप लगाए । संघका संस्थापक अध्यक्ष बसन्त रोकायाले बैंकहरु को ब्याज विरुद्ध सबै ब्यबसायी एकजुट हुनुपर्ने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0