नवदुर्गा गाउँपालिका डडेल्धुरा द्धारा आँखा उपचार केन्द्र सञ्चालन


डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकामा वडा नं २ मा आँखा उपचार केन्द्र सञ्चालन भएको छ । नवदुर्गा गाउँपालिका तथा च्यारिटी हेल्थ फाउन्डेसन धनगढीको संयुक्त सहयोगमा नवदुर्गा गाउँपालिका वडा नम्बर २ मा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी र च्यारिटी फाउन्डेसन नेपाल धनगढीका कार्यसमिति सदस्य दीर्घराज उपाध्यायले संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष दीलबहादुर विष्टको अध्यक्षतामा गरिएको हो । कार्यक्रम स्वास्थ्य शाखा उपसंयोजक दीपेन्द्र विष्टले संचालन गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी, १ नं वडा अध्यक्ष शेरबहादुर साउद लगायतको उपस्थिती रहेको गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0