सत्यावती एकेडेमीद्धारा प्लानेट ग्रीन नेपालका अध्यक्ष : पुस्कर शर्मा जोशी सम्मानित


अत्तरिया : सत्यावती एकेडेमीको ११औ वार्षिक उत्सवको उपलक्ष्यमा प्लानेट ग्रीन नेपालका अध्यक्ष पुसकर शर्मा जोशी सम्मानित भएका छन । लामो समय हरित नेपालको माध्यमले मोहना अत्तरिया ६लेन सडक ,गोरखधुना तथा यस क्षेत्रका विभिन्न मन्दिर परिसरमा अनेकौ जातका दशौ हजार विरुवाहरु वृक्षारोपण गरि ग्रीन गोदावरी वनाउने अभियान चालेको भन्दै अध्यक्ष शर्मा लाई आईतवार दोसल्ला तथा सम्मानपत्र सहित सत्यवती ऐकेडेमीले सम्मान गरेको छ । लगातार दुईदिन सम्म चल्ने उक्त कार्यक्रमाको समुद्घाटन प्रमुख अतिथि कैलाली क्षेत्र नम्वर ४ वाट निर्वाचित प्रतिनिधी सभा सदस्य विर वहादुर वलाएरले गरेका थिए भने कार्यक्रमको अध्यक्षता दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व प्राचार्य गिरीराज कडायतले गरेका थिए । कार्यक्रममा सम्मानित भएपश्चात वोल्ने क्रममा प्लानेट ग्रीन नेपालका अध्यक्ष शर्माले गोदावरी क्षेत्रआफैमा मुख्य धार्मिक क्षेत्रभएको हुँदा यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र वनाई छिमेकी मुलुक भारत तथा आन्तरिक पर्यटकलाई यस क्षेत्रमा वोलाउन सकिने र यहाँको अर्थतन्त्रमा ठुलो सहयोग पुग्नसक्ने कुरा वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0