मानांक फाउन्डेसनद्धारा गोदावरीमा निशुल्क महाप्रस्थान यान संचालन


अत्तरिया : गोदावरी – ३ मा रहेको मानांक फाउन्डेसन ले निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएको छ । चौकीडाँडा महिला सामुदायिक बनको आर्थिक सहयोगमा उक्त महाप्रस्थान यान संचालनमा आएको हो ।

महाप्रस्थान यान को आइतबार एक कार्यक्रमका बिच प्रदेश सांसद प्रकाश बहादुर बम ले सार्बजनिक एबम शुभारम्भ गरेका छन । महाप्रस्थान यान शबलाई आर्यघाट सम्म पुर्याउन प्रयोग गरिने भएको छ ।

सामुदायीक वनका अध्यक्ष प्रेमराज भन्डारी ले अहिले सम्मको लागानी सामुदायिक वनले गरेको बताए । भण्डारीले अब यसको सन्चालन फाउन्डेसन गर्ने बताए। फाउन्डेसनले निशुल्क नै स्थानीयलाई यान प्रयोग गर्न दिने बताएको छ ।
यदपी महाप्रस्थान यानमा दान पेटीका राखिने र स्वैच्छिक कसैले चाहेमा रकम जम्मा गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0