भारतीय विदेशसचिव क्वात्राले भेट्नेछन् राष्ट्रपतिदेखि सीके राउतसम्मलाई


नेपालको दुई दिने भ्रमणमा सोमबार काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले उच्चस्तरीय राजनीतिक भेटघाटहरू गर्ने भएका छन् । उनको भेटघाटको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म रहेको परराष्ट्र स्रोतको भनाइ छ ।

सोमबार काठमाडौं झरेलगत्तै समकक्षी भरतराज पौड्यालसँग भेटघाट गरेका क्वात्राले होटल याक एन्ड यतीमा द्विपक्षीय सचिवस्तरीय बैठक गरेका छन्
सचिव स्तरीय बैठकमा नेपाल(भारत सम्बन्धका विविध पक्षमा छलफल भए‍को परराष्ट्रले जनाएको छ । जसअन्तर्गत व्‍यापार तथा पारवाहन, विद्युत क्षेत्रमा सहयोग, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको थियो ।

त्यसपछि सोमबार नै क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्ने कार्यक्रम छ । त्यसपछि भ्रमणको दोस्रो दिन मंगलबार क्वात्राले अन्य राजनीतिक भेटघाट गर्ने भएका छन् । मंगलबार उनले लोकतान्त्रिक समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलाई भेट्ने छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेताहरूसँग पनि क्वात्राको भेट हुने सम्भावना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0