अमरगढीस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु


डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। नगरपालिकाको आयोजनामा सोमबारबाट तेश्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो। सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिन्।
उद्घाटन कार्यक्रममा अमरगढी नगरपालिकाअन्तर्गतका ११ वटा विद्यालयका विद्यार्थीहरूले लामवद्ध भएर राष्ट्रिय झण्डा र आफ्नो विद्यालयको झण्डा लिएर मार्चपास गरे। प्रतियोगितामा छात्ररछात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टलगायतका खेलहरू समावेश गरिएको नगरपालिकाले जनाएको छ। प्रतियोगिता फागुन २ गतेसम्म संचालन हुने अमरगढी नगरपालिका–३ का वडाअध्यक्ष तिर्थबहादुर ऐरले जानकारी दिए।

डडेल्धुराको अमरगढी–४ टुँडिखेलमा प्रतियोगिता आयोजना गर्ने गरिएको भए पनि ४ फागुनदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं पाँचौ डडेल्धुरा महोत्सवको तयारी भइरहेकाले रामलीला खेल मैदानमा खेलकुद सञ्चालन गरिएको आयोजकले जनाएकोे छ।

देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहहरूमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन् भने स्थानीय स्तरबाट प्रथम भएर आउने खेलाडीहरूको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0