सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र रेशम चौधरीबीच डिल्लीबजार कारागारमा भेटवार्ता


काठमाण्डौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ । मुख्यमन्त्री शाहले आइतबार काठमाडौंको डिल्लीबजार कारागार पुगेर उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेटेका छन् ।
एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेर सरकार ढलेपछि शुक्रबार मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत लिन नागरिक उन्मुक्ति पार्टीको सहयोग आवश्यक छ ।
सरकार गठनमा साथ दिएको नागरिक उन्मुक्तिले एक महिनामै साथ छोडेपछि एमालेका राजेन्द्रसिंह रावल पुस २६ मा विश्वासको मत प्राप्त गर्न नसकेर पद मुक्त भएका थिए ।

मुख्यमन्त्री शाहले पनि फागुन २५ गतेसम्म आफुले विश्वासको मत लिसक्नुपर्ने छ । विश्वासको मतका लागि मुख्यमन्त्री बनेको दुई दिनमै उनी रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगेका हुन् ।

चौधरीसँग सामान्य भेटघाट भएको भन्दै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने मुख्यमन्त्री शाहको विश्वास छ ।

यसैबीच शनिबार मुख्यमन्त्री शाहले जानकी गाउँपालिकास्थित नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको घरमा पुगेर परिवारसँग भेटघाट गरेका थिए । शनिबार बिहान मुख्यमन्त्रीले चौधरीकी आमा सुनफीदेबी चौधरी र दिउँसो नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग समेत टीकापुरमा भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0