रेशम चौधरीको घरमा पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको भेटवार्ता भएको छ । शनिबार टीकापुरस्थित चौधरीको घरमा उनीहरुबीच भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहले अनलाइनखबरलाई बताए । ‘उहाँहरुले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि मेरो नेतृत्वमा सरकार गठन भएको छ ।

तपाईंले उहाँसँग विश्वासको मत पनि माग्नुभयो भन्ने जिज्ञासामा शाहले भने, ‘हो, त्यो विषयमा पनि सामान्य कुरा भयो ।’ रञ्जितालाई भेट्नुअघि मुख्यमन्त्री शाहले टीकापुरस्थित रेशम चौधरीको घरमा पुगेर उनका परिवारका सदस्यसँग पनि भेटघाट गरेका थिए ।

शाहले टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका नाउपाका संस्थापक तथा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका श्रीमान रेशम चौधरीको रिहाइका लागि पहल गर्ने आश्वासन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0