सुदूरपश्चिम प्रदेश सभाको भोलि दिउँसो १ बजे बस्ने गरी आजलाई बैठक स्थगित


धनगढी : सुदूरपश्चिम प्रदेश सभा बैठक (भोलि) बिहिवार सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने भनिएको आजको प्रदेश सभा बैठक स्थगित भएर भोलि सम्मका लागि स्थगित गरिएको हो । प्रदेश सभा सचिव देव बहादुर बोगटीले सभामुखको आदेशानुसार भोलि दिउँसो १ बजे बस्ने गरी बुधबार बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए ।
गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत पाउनेमा आशंका देखिएपछि आजको बैठक स्थगित गरिएको जनाइएको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता रावल नेतृत्वको सरकार संकटमा परेको हो ।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका १०, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ जना स्वतन्त्र सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0