कैलालीको गोदावरीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख भट्टले गोदावरीको समग्र विकासका लागि खेलकुदको महत्तपूर्ण भूमिका हुने बताएका छन ।

प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख भट्टले गोदावरी नगरपालिका भित्र शैक्षिक गुणस्तर न्यून भएकाले त्यसको सुधारका लागि पनि सबैको पहल आवश्यक रहेको बताए । ‘गोदावरी साक्षरतामा अगाडी भएपनि शैक्षिक गुणस्तर न्यून छ’ उनले भने ‘हामीले आफ्नो जिम्मेवारी बोधका साथ अगाडी बढ्न सकेमा यस क्षेत्रको शिक्षाको विकास टाढा छैन ।’

उनले खेलाडीहरुलाई अनुशासीत भएर खेल्न आग्रह गर्दै रेफ्रिहरुलाई हाम्रो भन्दा पनि राम्रो खेलाडीलाई प्रोत्साहन गर्न आग्रह गरे । उनले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट विजयी भएर राष्ट्रिय स्तरमा पुग्ने खेलाडीलाई नगरपालिका आवश्यक सहयोग गर्ने आश्वासन दिए ।

प्रतियोगिताका संयोजक रविन्द्र खनालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाय, प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्री, बिभिन्न वडाका वडाअध्यक्ष लगायत शिक्षक विद्यार्थी, खेलाडीको सहभागिता रहेको थियो ।

माघ २८ गतेसम्म संञ्चालन हुने प्रतियोगितामा १९ सामुदायिक र १४ संस्थागत गरी ३३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने आयोजकले जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0