नागरिक उन्मुक्तिले गर्यो कसैलाई पनि विश्वासको मत नदिने निर्णय, यो संगै सुदूरपश्चिम सरकार संकटमा


अत्तरिया : मंगलवार डिल्लीबजारमा बसेको बैठकले कसैलाई पनि विश्वासको मत नदिने निर्णय गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि विश्वासको मत नदिने निर्णय गरेको छ । मंगलवार (आज) डिल्लीबजारमा बसेको बैठकले कसैलाई पनि विश्वासको मत नदिने निर्णय गरेको छ ।

उन्मुक्तिका नेता रेश्मलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबिच विहान देखि भएको बैठकले सो निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीको निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा पर्ने देखिएको छ। नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले १ महिनाकै अवधिमा सत्ता छाड्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ।

५३ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहेकाछन्।

एमाले नेता रावल माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। गत पुस २६ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माघ २५ गते भोलीको प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0