कैलालीको गोदावरी ६ बाट भरूवा बन्दुक सहित एक जना पक्राउ , थप अनुसंधान हुदै


अत्तरिया : कैलाली प्रहरीले गोदावरी  ६ बाट  भरूवा बन्दुक बरामद गरेको छ ।

सोही ठाउँ बस्ने यज्ञराज सांदउले पलास्टिकको कट्टा भित्र लुकाई अवैध हतियार भरूवा बन्दुक बोकी बसन्तपुर गाउँ तर्फ जांदै गरेको अबस्थामा प्रहरीले बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो ।

बसन्तपुर महिला सामुदायक बन जंगलमा गस्ती गर्दै जादै गरेको प्र।ह। अर्जुन चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0