डडेल्धुरा नवदुर्गा का पदम राज अबस्थी बैतडीमा मृत भेटिए


डडेल्धुरा : डडेल्धुरा जिल्ला नवदुर्गा गाउपालिकाकाका एक युवक बैतडीको पाटनमा मृत भेटिएका छन् । बैतडीको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का २७ वर्षीय पदमराज अवस्थी मृत भेटिएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन्।

बिहीबार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै रहेको छ। अवस्थीका घरपरिवार आएपछि मात्रै घटनास्थलको काम हुने प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन् र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0