श्री यअरलाइन्स जहाजबाट धनगढी पुर्‍याइयो सांसद चौधरीलाई, आजै जिल्ला अदालत कैलालीमा उपस्थीत गराईदै


धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई धनगढी पुर्‍याइएको छ। बाँकेको चिसापानीबाट पक्राउ परेका सांसद चौधरीलाई विमानमार्फत धनगढी ल्याइएको छ।

श्री यअरलाइन्सको बिहीवार बेलुकीको उडानबाट चौधरीलाई काठमाडौबाट धनगढी ल्याइएको प्रहरीले बताएको छ। नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनलाई आजै कैलाली जिल्ला अदालतमा बुझाइने छ। उनलाई बिहीवारनै कोहलपुरबाट काठमाडौ लगिएको थियो। सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै उनलाई स्थल यातायातबाट नभइ हवाई जहाजको माध्यमबाट धनगढी ल्याइएको हो।

सांसद चौधरी पक्राउ परेको विरोधमा बेलुकी कैलालीको बौनियामा नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका थिए। सांसद पक्राउ परेको विरोधमा शुक्रवारबाट सशक्त आन्दोलन गरिने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताले २४ घण्टामा पक्राउ परेका सांसद चौधरीलाई रिहा गर्न अल्टिमेटम समेत दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0