बेग्लै पहिचान बोक्दै महेन्द्रनगर बजारमा खुल्यो डिलाशैनी बहुउद्देश्यीय सहकारी


महेन्द्रनगर: बेग्दै पहिचानसाथ शुक्रवार भिमदत्त नगरपालिका सहकारी शाखा प्रमुख श्री बिमला भाट (साउद) को प्रमुख आथित्यतामा श्री डिलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिको एक कार्यक्रमका बिच उद्दघाटन भएको छ ।

कार्यक्रममा स्थानीय वृद्धीजीबी , सेयर सदस्यहरु तथा सम्पूर्ण नवगठीत संचालक समितिको सहभागीता रहेको नग गठित संचालक समिति अध्यक्ष्ँ नरेन्द्र प्रसाद जोशीले बताए ।

कार्यक्रममा सम्पुर्ण अतिथि ज्यु हरुको स्वागत गर्दै आफ्नो ज्ञान सिप र क्षमताले भ्याए सम्म यस सहकारी संस्थालाई अगाढी वढाउनका लागी निरन्तर लागीरहने अध्यक्ष जोशीले वताएका थिए । अध्यक्ष जोशीले यस महान कार्यलाई सम्पन्न गर्न अतुलनीय सहयोग गर्नु हुने र भोलीका दिनहरुमा सहयोगको अपेक्षा गर्दै यहाँका सबै पक्षलाई आभार समेत व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0