गोदावरी नगरपालीकाको नवौँ नगरसभा सुरु


अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाको नवौँ नगरसभा सुरु भएको छ । नगरसभाको बुधबार नगरप्रमुख विरेन्द्र भटट्ले उद्घाटन गरेका हुन् । नगरसभामा १२ ओटै वडाका वडाअध्यक्ष,वडा सदस्य,कार्यपालीका सदस्य,कर्मचारी तथा पत्रकार लगायतको उपस्थीतीमा नगरसभाको उद्घाटन गरीएको हो । उद्घाटन कार्यक्रममा १२ ओटै वडाका जनप्रतिनिधीले आफ्ना समस्या तथा सुझावहरु राखेका छन् । आजै सुरु भएको बन्दसत्रमा समेत उपयुत्त समस्या तथा सुझावहरुको बारेमा समेत छलफल हुने बताईएको छ ।

उद्घाटन कार्यक्रममा वडाका प्रतिनिधीहरुले स्वास्थ्य,शिक्षा लगायतका विषयलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । वडा नम्बर ८ को तर्फबाट बोल्दै वडा सदस्य हरि चौधरीले वडा नम्बर ८ मा सहरी स्वास्थ्य चौकीको अभाव रहेको बताए । उनले खुटिया नदिको तटबन्धको विषयमा नगरपालीका गम्भीर हुनुपर्ने बताए । त्यस्तै वडा नम्बर ९ का तर्फबाट बोल्दै उद्धव भट्राईले नगर शिक्षकको समस्याका विषयमा छलफल गर्न आग्रह गरे ।

उनले यसपटक गोदावरीका नदिहरुमा टेन्डर नै नपर्नु दुखद भएको भन्दै कारण खोजेर समाधान गर्न नगरलाई आग्रह गरे । त्यस्तै उनले गोदावरी ९ मा रहेको भल्कालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न आग्रह तथा नगरप्रमुखको ध्यानआकर्षण गरे । उनले छाडा चौपाया व्यवस्थापन,जनप्रतिनिधीलाई क्षमता अभिवृद्धी तालिमको व्यवस्था गर्न आग्रह गरे । वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले कृषी,उधोग लगायत रोजगारमुलक काममा बजेट विनीयोजन बढाउनु पर्ने बताए । बेरोजगारीका कारण दक्ष जनशत्ति विदेशीएको र गाँउमा युवा भेटाउनै मुस्कील परेको उनको भनाई थियो ।

उदुघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले सिमित स्रोत साधन र असिमित आबश्यकता भएको ले सोचेजति काम गर्न नसकिएको वताए । उनले नगरपालीकालाई सम्वृद्ध बनाउनकालागी जनप्रतिनिधीसंगै कर्मचारीको भुमीका पनी महत्वपुर्ण भएको बताए । छाडा चौपायाको विषयमा ऐन बनाएरै अघि बढ्दा राम्रो हुने उनले बताए । विभीन्न ऐन नियमहरु पनी बनाउने उदेश्य सहित अत्तरियाको होटल सुविधामा सुरु भएको नवौं नगरसभा तिनदिन सम्म निरन्तर चल्ने आयोजकले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0