अत्तरिया जुनियर जेसिजको वर्ष २०२३ को अध्यक्षमा बोहरा चयन


अत्तरिया :  अत्तरिया जुनियर जेसिज वर्ष २०२३ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
अत्तरिया जुनियर जेसिजको वर्ष २०२३ को अध्यक्षमा प्रकाश बोहरा निर्वाचित भएका छन् । ६ औं पदस्थापन कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष एलआर ओझाले निर्वाचित बोहरालाई पद हस्तान्तरण गरेका छन् । यस्तै बर्ष २०२३ को कार्यकारिणी उपाध्यक्षमा राजेश ओझा र रमेश जोशी निर्विरोध चयन भएका छन । त्यस्तै उपाध्यक्षमा आशिष बहादुर सिह, शान परियार, चिरन्जिवी मल्ल र रोशनी अधिकारी चयन भएका छन ।
कार्यक्रममा जुनियर जेसिस बर्ष २०२३ का अध्यक्ष बोहराले महासचिवमा जानु बिष्ट, कोषाध्यक्षमा सुलभ धामी र कानूनी सल्लाहकारमा दिपा जोशीलाई चयन गरेका छन् । कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष ओझाले २०२३ का अध्यक्ष बोहरालाई सपथ ग्रहण गराएका थिए भने २०२३ का अध्यक्ष बोहरा बर्ष २०२३ का निर्वाचित अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष ओझाले १ बर्षको अवधिमा गरेका कामको बारेमा जानकारी दिदै आफ्नो सफल कार्यकालका लागि सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गरेका थिए । उनले आफ्नो कार्यकालमा ६० वटा भन्दा बढी कार्यक्रम सम्पन्न गरेको बताउँदै यसबाट समाज परिवर्तमा योगदान पुगेको आफूले विश्वास गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा। डम्बर पाल रहेका थिए । क्याम्पस प्रमुख पालले सामुहिक रुपमा काम गर्दै जादाँ बिभिन्न अवरोध आउने भएकाले त्यसलाई चिर्न सक्ने क्षमताको विकासका लागि जेसिज राम्रो प्लेटफर्म भएको बताए । जेसिजले गरेका कामले गर्दा समाजलाई परिवर्तनशिल बनाउन सहयोग पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0