गोदावरीमा प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीता सुरु


अत्तरिया :गोदावरी बिकास समितीको आयोजनामा शुक्रबार देखी प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच प्रदेश सांसद प्रकाश बहादुर बमले उदघाटन गरे ।

गोदावरी ३ चौकीडांडा मा भईरहेको पुरुष डबल ब्याटमिन्टन प्रतियोगितामा पहिले समुह चरणका लिग खेल र त्यसपछिका खेलहरु नकआउट बिधीबाट खेलाइने आयोजकले जनाएको छ ।

उदघाटन कार्यक्रम समितीका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको थियो । यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया, वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थी, मालाखेती अस्पतालका अध्यक्ष डा. नर बहादुर मौनी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगीतामा प्रथम हुने टिमले नगद १५ हजार १ सय रुपैयाँ पाउनेछ भने द्धितिय हुने टिमले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । यस्तै प्रतियोगीताको तृतिय हुने दुई वटा टिमले ३ हजार ५ सय र ३ हजार रुपैयाँ पाउनेछ । यसै बिच प्रमुख अतिथी बमले शुक्रबार नै गोदावरी ३ मा इन्डोर ब्याटमिन्टन कोर्टको शिल्यान्यास गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0