मोटरसाइकलले ठक्कर दिँदा गोदावरी ३ का एक महिलाको ज्यान गयो


अत्तरिया : कैलालीमा मोटरसाइकलले ठक्करबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडाको भित्रिसडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाईल तस्वीर:

इैलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० रवीन्द्र पाण्डेका अनुसार बिहिबार साँझ सु।प. प्र १००९ प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका ३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारी घाइते भएका छन । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0